
खाडिचौर । गत जेठ ११ गते सुनकोसी गाउँपालिका २ किलोमा एम्बुलेन्स दुर्घटना गरेर फरार रहेका चालक पक्राउ परेका छन् । दुर्घटनामा परि ७९ वर्षीय मनमाया खड्काकाे ज्यान गएकाे थियाे ।
घरमाथी एम्बुलेन्स दुर्घटना गराइ फरार रहेका चालक सुनकोसी -७ का ३१ वर्षीय रविन्द्र कार्की पक्राउ परेका हुन् । अदालतले १० दिन म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाउन अनुमती दिएको छ ।
दुर्घटनामा एम्बुलेन्स घरमाथि पल्टिन जाँदा घरमा सुतिरहेकी ७९ वर्षीय मनमाया खड्का घाइते भएकी थिईन् । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।