रसुवा । गंगादशहराको अवसरमा लाग्ने रसुवाकाे गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ । मेला भर्नका लागि दैनिक ३० जनाको हाराहारीमा तीर्थयात्री आइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

यसअघिका वर्षहरूमा कोभिड–१९ का कारण मेला सञ्चालन नभएकोमा यसपटक भने मेला सञ्चालन हुने समितिका अध्यक्ष सञ्जिव डिएमले बताए । जनैपूर्णिमाको तुलनामा गंगादशहरामा गोसाइँकुण्डमा कम तीर्थयात्री आउने गरेका छन् ।

कोभिड–१९ को जोखिम कम भएको र पदमार्गमा पनि कुुनै समस्या नभएको कारण यसपटक मेला सञ्चालन हुने भएको हो । मेला १० दिनसम्म सञ्चालन हुनेछ । धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी– गोसाइँकुण्ड, यार्सा– गोसाइँकुण्ड र सागरकुण्ड– गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् ।

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँबाबा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!