
हेटौँडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन् ।
विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा मंगलबार हेटौँडामा प्रभातफेरीपश्चात् आयोजित कोणसभामा उनले स्वास्थ्य र शिक्षामा बजेट राखेर सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने र चेतना अभिवृद्धिको कार्यलाई जोड दिनुपर्ने बताए ।
“सुरुमा आफूबाट सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने प्रण गरौँ “, लामाले भने । समाजलाई सुर्तीजन्य पदार्थरहित बनाउन बागमती प्रदेश सरकारले कार्यक्रम ल्याउने लामाले बताए ।