काभ्रे ।
कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकले काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ७ उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाका ४ र सिन्धुपाल्चोक जिल्लाका ३ जना उत्कृष्ट कृषक सम्मानित भएका हुन ।

कृषकहरूलाई नगद १५ हजार, दोसल्ला र प्रमाणपत्र सहित मंगलबार कृषि विकास निर्देशनालयका प्रमुख रविन्द्र प्रधान, कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडी लगायतले सम्मान गरेका थिए ।

उत्कृष्ट राष्ट्रपति कृषक सम्मानका लागि आवेदन माग गरिएका ३८ वटा आवेदन मध्ये ७ वटा आवेदन छनौट गरी स्थलगत अध्ययन पश्चात सम्मान गरिएको कृषि ज्ञान केन्द्र काभ्रेले जानकारी दियाे । काभ्रेपलाञ्चोकबाट २८ कृषकको आवेदन परेको थियो भने सिन्धुपाल्चोक जिल्लाबाट १० वटा आवेदन दर्ता भएका थिए ।

सात वटा प्रदेश मध्ये बागमगती प्रदेश अन्तर्गतका जिल्लामा मात्रै यो कार्यक्रम लागु भएको हाे । यो बर्ष ०७७,०७८ मा कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत कृषि ज्ञान केन्द्र धुलिखेल काभ्रेले सूचना जारी गरेर कृषकहरु मध्ये छनोट भएका ७ जनालाई सम्मान गरिएको हो ।

सम्मानित कृषकहरु कमला लामा, अप्सरा तिमल्सिना घिमिरे, दिपेशचन्द्र लामा, राजेन्द्र ढकाल, विन्दु तामाङ, भिमप्रसाद ढकाल लगायतले उत्पादनमा ब्यसायीकरणले सहज भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!