
सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे जुगल गाउँपालिका-५ बराम्ची घर भएका ३५ वर्षीय कान्छा लामा तामाङको हत्यामा संलग्न रहेकाे आरोपमा ४१ वर्षीय वाईबा पक्राउ परेका छन ।
हत्यामा संलग्न रहेको आरोपमा मकवानपुरकाे बागमती गाउँपालिका-६ फापरबारी ठूलो कायर ठेगाना भएका ४१ वर्षीय दिपक लामा वाईबा लाई प्रहरीले पक्राउ गरेको हाे । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
दक्षिणकाली नगरपालिका-१ पावर हाउस नजिक बाग्मती नदी किनारमा जेठ ५ गते कान्छा लामाको शव फेला परेको थियो ।
अनुसन्धानको क्रममा कान्छा लामा तामाङको हत्या भएको घटनामा संलग्न २ जनालाई जेठ ६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
स्राेत : सिन्धुखवर