सिन्धुकाेट ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाकाे पहलमा सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडा नं ५ काे सिन्धुपुरानागाउँ माविमा सूचना प्रविधि प्रयाेगशाला निर्माण भएकाे छ ।

स्वास्थ्य मन्त्री निमा लामाकाे विशेष पहलमा आ.ब २०७८/७९ मा सिन्धुपुरानागाउँ माविमा सूचना प्रविधि प्रयाेगशालाकाे कार्यक्रम परेकाे हाे । हाल १५०००००/ पन्ध्र लाख रूपैयामा उक्त कार्यक्रम सम्पन्न भएकाे छ ।

गत वर्ष सिन्धुपुरानागाउँ माविकाे बिद्यालय दिवसकाे दिनमा प्रमुख अतिथि बनेर आएका लामाले बिद्यालयलाई सहयाेग गर्ने प्रतिवद्वता ब्यक्त गरेका थिए । साेहि अनुसार चालू आर्थिक बर्षमा बागमती प्रदेस सामाजिक विकास मन्त्रालयबाट रू १५०००००/ काे कार्यक्रम राताे किताबमा आएकाे थियाे ।

साे विनियाेजित रकम बाट विद्यालयले १२ वटा ब्रान्डेड कम्प्युटर, १ ल्याप्टप, २ वटा प्राेजेक्टर, १ स्मार्ट बाेर्ड, कम्प्युटर र प्रोजेक्टरको साथ एकीकृत सीपीयू, कार्पेट र पर्दा खरिद गरेकाे प्रधानाध्यापक कुमार प्रसाद खतिवडाले जानकारी दिए । अब बिद्यालयकाे ल्यावमा २७ वटा कम्प्युटर र दुइवटा कलर प्रिन्टेड मेसिन रहेकाे उनले बताए ।

अब भने विद्यालयले बिद्यार्थिकाे परिचय पत्र, प्रमाणपत्र जस्ता कुराहरू बिद्यालयले नै बनाउन सक्ने खतिवडाले जानकारी दिएका छन । यसका साथै प्रत्येक विद्यार्थीले कम्प्युटर सिक्न सक्ने भएका छन ।

विद्यालयको तर्फबाट मन्त्री लामालाइ विशेष धन्यवाद दिँदै प्रधानाध्यापक खतिवडाले आगामी आ.ब. मा पनि विद्यालयलाई अन्य प्रकृतिकाे कार्यक्रममा रचनात्मक सहयाेगकाे अपेक्षा समेत ब्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!