काठमाण्डाै । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिबारे छलफल प्रवेश भएको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्दा उपयुक्त हुन्छ ? भन्ने विषयले प्रवेश पाएको हो ।

त्यसक्रममा केही दलका नेताहरुले कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुने भन्दै मिति प्रस्ताव गरेका थिए भने केहीले मंसिर अन्तिम सातामा गर्दा पनि हुने धारणा राखेका थिए ।

ती नेताका अनुसार दलहरुबीच सहमति जुटाएर निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति तोक्ने छ । ‘दलहरुबीच एकसरो छलफल भयो, अब निर्वाचन आयोगसँग पनि परामर्श गरेर मिति टुङ्गिन्छ’, एक नेताले भने ।

संविधानअनुसार मंसिरमा कार्यकाल सकिने भएपनि मंसिरमा मौसमका कारण बाधा पुग्ने भएकाले कात्तिक अन्तिम साता नै उपयुक्त हुनेमा लगभग दलहरुबीच एकमत रहेको बताइएकाे छ ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे एकसरो छलफल भएको पुष्टि गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!