मेलम्ची । पार्टीमा अन्तर्घात गरेको भन्दै राप्रपा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ कार्यसमितिले राप्रपाका नेताहरुलाई कारबाही सिफारिस गरेकाे छ । स्थानीय चुनावमा पार्टी हित बिपरित कार्य गर्ने, पार्टिले उठाएका उम्मेदवार लाई असहयोग गर्ने, अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरिएको हाे ।

राप्रपा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ कार्यसमितिकाे आज बसेकाे भर्खरै सम्पन्न स्थानीय तहको चुनावी समीक्षा बैठकले ती ब्यक्तिहरूलाई कारबाहिकाे लागि जिल्ला र प्रदेसमा शिफारिस गरिएकाे क्षेत्रीय अध्यक्ष कुमारी तामाङले जानकारी दिइन ।

कारबाही सिफारिस गरिएकाेमा जिल्ला सदस्य फडिन्द्र दाहाल, मेलम्ची नगर उपाध्यक्ष एवम् मेलम्ची १० का अध्यक्षका उम्मेदवार टेक बहादुर तामाङ, मेलम्ची २ का वडा अध्यक्षका उम्मेदवार थलबहादुर तामाङ, मेलम्ची नगर कार्यसमिती सह सचिव अनिल सापकोटा, जिल्ला सदस्य एवम् मेलम्ची ५ का इकाइ अध्यक्ष योगेन्द्र सिग्देल लगायत रहेका छ्न ।

उनिहरुलाइ अन्तरघात गरेको आरोपमा जिल्ला र प्रदेसमा बोधार्थ पठाइ केन्द्रिय समिती र केन्द्रिय कार्यालयमा कारबाहीका लागि सिफारिस गरिएको हाे ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा निर्वाचित पाँचपोखरी थाङपाल ४ का अध्यक्ष कुलबहादुर बस्नेत, वडा नं ७ का ४ जना , ५ का २ जना र २ नम्बरका १ जना निर्वाचित सदस्यलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!