
चाैतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सदरमुकाम चौतारामा रहेका सरकारी कार्यालयको अनुगमन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा आज विभिन्न २१ वटा सरकारी कार्यालयमा अनुगमन भएकाे हो । अनुगमनका क्रममा ६ वटा कार्यालयका ११ जना कर्मचारीकाे अनुपस्थिति रहेको पाइएकाे छ ।
जिल्ला मालपोत कार्यालयमा २ जना, विद्युत प्राधिकरण शाखा कार्यालयमा ३ जना, शिक्षा समन्वय इकाईमा १ जना, पूर्वाधार विकास कार्यालयमा २ जना, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा १ जना र स्वास्थ्य कार्यालयमाा १ जना गरि जम्मा ११ जना कर्मचारी अनुगमनको समयमा अनुपस्थिति रहेका थिए ।
अनुगमनकाे क्रममा अधिकाँश कर्मचारीले कार्यालय पोशाक पनि नलगाएको पाइएकाे श्रेष्ठले जानकारी दिए । अनुगमनको क्रममा अनुपस्थित रहेका कर्मचारीको बारेमा तत्काललाई सम्वन्धित कार्यालयलाई स्पष्टिकरण सोधिने बताइएकाे छ ।
“दोस्रो चरणमा पनि उही कर्मचारी अनुपस्थित रहेमा सम्वन्धित कर्मचारीलाई नै स्पष्टिकरण सोधि कारबाहीको प्रकृया अघि बढाइने छ”, श्रेष्ठले भने ।