काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आइस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने बताएको छ।

पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरूमा बिजुली काटिने क्रम बढेको भन्दै आइस्पानले इन्टरनेट काटिन सक्ने बताएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीहरूलाई कक्षा १२ को परीक्षा अवधिमा इन्टरनेट अवरोध नहुने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। तर अवरोध हुन नदिन असमर्थ रहेको सेवा प्रदायकले बताएका हुन्।

‘नेपाल विद्युत प्राधिकरणका क्रियाकलापले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न गरेको छ,’ आइस्पानले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ ।

विद्युत कटौतीका कारण शिक्षा, स्वास्थ्य बैंक तथा वित्तीय क्षेत्र, उद्योग लगायत संवेदनशील क्षेत्रमा इन्टरनेट सेवा प्रवाह अवरुद्ध हुनसक्ने स्थिति आएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!