
चौतारा । सिन्धुपाल्चोककाे भोटेकोशी गाउँपालिका २ तातोपानीका पुर्व वडा अध्यक्ष दीपेन्द्र कुमार श्रेष्ठ नेकपा माओवादी केन्द्र परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
स्थानीय निर्वाचनमा भोटेकोसी गाउँपालिकाको अध्यक्षको उम्मेदवारी दावी गरेका उनले अध्यक्षको टिकट पाएका थिएनन् । पार्टि बाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवार दिएका थिए ।
उनकाे नेतृत्वमा विल बहादुर श्रेष्ठ र रामबहादुर तामाङ नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन । उनिहरूलाई हिजाे नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले काँग्रेस प्रवेश गराएका हुन ।
नवप्रवेशीहरुलाई नेपाली काङ्ग्रेसमा हार्दिक स्वागत गर्दै बस्नेतले बधाई ज्ञापन गरे । साथै, नवप्रवेशीहरुको कार्यकुशलता र भुमिकाको आधारमा पार्टीमा उचित जिम्मेवारीहरु क्रमिक रुपमा प्रदान गरिने प्रतिबद्धता समेत बस्नेतले जाहेर गरेका छन ।