
मेलम्ची । अत्यावश्यक सडक सञ्जाललाई पहिलो प्रथामिकता दिने मेलम्ची नगरपालिकाका नवनिर्वाचित प्रमुख आइतमान तामाङले बताएका छन । निर्वाचित भएपश्चात् जनताको अत्यावश्यक सडक सञ्जाललाई पहिलो प्रथामिकता दिने गरेको तामाङले बताएका हुन ।
मेलम्ची नगरपालिका भित्रका सडक सञ्जालकाे निरिक्षण गर्ने क्रममा उनले साे कुरा बताएका हुन । “निर्वाचित पश्चात् जनताको अत्यावश्यक सडक सन्जाललाई पहिलो प्राथमिकता दिने गरेको छु”, तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत बताए ।
प्रमुख तामाङले मेलम्ची ९ डुँडेखोलामा मेलम्ची भोताङ सडक खण्ड मर्मतको निरक्षण गरेका छन । बर्षाकाे समय नजिकिएकाले सडकहरू मर्मतकाे कामलाई प्राथमिकता दिएकाे तामाङले जानकारी दिए । केही दिन अघि मेलम्ची नगरपालिकामा निर्माणाधिन नगर अस्पतालकाे निरिक्षण गर्दै तामाङले निर्धारित समयमै निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनि लाई निर्देशन दिएका थिए ।