भाेटेकाेशी । देशभर मलकाे हाहाकार भएकाे बेला सिन्धुपाल्चाेककाे उत्तरी तातोपानी नाकामा भने चीनबाट खरिद गरिएको ५० टन युरिया २० दिनदेखि थन्किएको छ । भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी सुक्खा बन्दरगाहको गोदाममा ५० टन युरिया मल थन्किएको हो ।

भन्सार प्रक्रियाकाे लागि कोही नआएकाे भन्सारका कर्मचारी बताउँछन । २० दिनअघि भित्रिएको ५० कन्टेनर युरिया मल लिन कम्पनीका प्रतिनिधि अझै नआएकाे तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

ग्लोबल टेन्डरपछि सरकारले सिल्क ट्रान्सपोर्ट कम्पनीलाई चीनबाट १० हजार मेट्रिक टन मल आयातको ठेक्का दिएको थियो । तातोपानी नाकामा मल थन्किएको बारे सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले शुक्रबार थप मल पनि भित्रिने भएकाले विस्तृत विवरण बुझिसकेपछि मात्रै ढुवानीबारे भन्न सकिने बताए ।

मल आयातको ठेक्का पाएको सिल्क ट्रान्सपोर्टले यसअघि ५ सय ३९ मेट्रिक टन तातोपानी नाका हुँदै काठमाडौं पुर्‍याएको थियो । कम्पनिका प्रतिनिधि ६० दिनभित्र मल लिन नआए भन्सार नियमअनुसार सामान जफत हुने प्रावधान रहेको गाैतमले बताए ।

कान्तिपुर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!