पाँचपाेखरी । पाँचपाेखरी थाङपाल गाउँपालिकाकाे पहिलो कार्यपालिका बैठक सम्पन्न भएकाे छ । बैशाख ३० गतेकाे निर्वाचन पश्चात् निर्वाचित भएका नवनिर्वाचित कार्यपालिका सदस्यहरूकाे बैठक बसेकाे हाे ।

पाँचपाेखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी अस्वस्थ भएपछि उनकाे अनुपस्थितिमा नै कार्यपालिका बैठक बसेकाे हाे । पाँचपोखरी थाङपाल गाउँकार्यपालिकाका कार्यवाहक अध्यक्ष सुनिता अधिकारीको अध्यक्षतामा कार्यपालिकाको बैठक बसेकाे थियाे ।

आज बसेकाे कार्यपालिका बैठक बाट निम्न निर्णयहरू गरिएकाे छ :

• गाउँपालिकास्तरीय अनुगमन समिति : आ.व. ०७८/०७९ का लागि गाउँसभाबाट विनियोजन भएका तथा अन्य निकायबाट यस गाउँपालिकाको लागि विनियोजन भएका सबै खालका विकास निर्माणका काम कारवाहीको अनुगमन तथा सुपरिवेक्षण गरी सिफारिस गर्न गाउँपालिकास्तरीय योजना अनुगमन समिति गठन गर्ने ।

• स्थानीय तह सदस्य निर्वाचन २०७९ को निर्वाचनबाट निर्वाचित भएका गाउँ कार्यपालिका र वडा सदस्यहरु लगाएत निर्वाचनमा खटिएका सुरक्षाकर्मी, अन्य कर्मचारीहरु तथा मतदाताहरुलाई धन्यवाद दिँदै जनप्रतिनिधीहरुको कार्यकालको सफलताको लागि शुभकामना दिने ।

• आ.व. २०७८/०७९ को गाउँसभा लगायत अन्य सबै निकायबाट यस गाउँपालिकामा विनियोजन भएका वडागत योजना र रु ५ लाखसम्मका सबै योजना वडास्तरीय योजना अनुगमन समितिबाट अनुगमन भई सिफारिस भएमा मात्र भुक्तानी गर्ने अन्य सबै योजनाहरु गाउँपालिकास्तरीय अनुगमन समितिबाट अनुगमन गराई भुक्तानी गर्ने ।

• यस गाउँपालिकामा एम्बुलेन्स आवश्यकता भएकोले खरिद गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!