मेलम्ची । मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कुल मेलम्चीले विद्यालयको एप्लिकेशन सुरुवात, अभिभावकलाई मोटिभेशन तथा मेलम्चीका नवर्निवाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रम गरेको छ ।

शनिवार मेलम्चीमा आयोजित एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदी, मेलम्ची ११ का अध्यक्ष चन्द्र बहादुर तामाङ, विद्यालयका संस्थापक अध्यक्ष पुस्कर धिताल लगायतले एप्लिकेशनको उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष दिनेश बस्नेतले एप्लिकेशनले अभिभाकहरुलाई विद्यालय धाएर आफ्नो बालबच्चाको बारेमा बुझ्न नपर्ने र सबै कुरा एप्लिकेशनमा रहेको बताए ।

एप्लिकेशनमा लेशन प्लान, गृहकार्य लगायत विद्यार्थीको हाजिरी र अन्य जानकारी रहेको विद्यालयले जनाएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा नम्बर ११ का नवर्निवाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कम्युनिटी इङ्गलिस स्कुलको प्रगतिकाे शुभकामना दिए । त्यस्तै उप्रमुख प्रधानले एप्लिकेशनको सुभकामना ब्यक्त गर्दै मेलम्ची नगरले निजि र सरकारी विद्यालयलाई समान ब्यबहार गर्ने बताइन ।

साथै बिद्यालयका अभिभावकलाइ मोटिभेसन कक्षा पनि आज संचालन गरिएको थियो । यो कार्यक्रम बिद्यार्थी र शिक्षकलाई पनि गरिने बिद्यालयका अध्यक्ष दिनेस बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!