काठमाण्डाै । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानीबाट प्रभावित स्थानिय तहका प्रमुखहरुविच छलफल तथा सुझाव संकलन भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, इन्द्रावती गाउँपालिकाका प्रमुख झम्क नेपाल र मन्डनदेउपुर नगरपालिकाका प्रमुखहरु बिच छलफल भएको हाे ।

छलफलमा खानेपानी विकास समिटि विघटन भइसकेपछि अबको कार्ययोजनाका विषयमा छलफल भएको थियो । छलफलमा सहभागि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानिय सरकारको स्वामित्वमा रहनेगरी संस्था मार्फतनै संचालन गर्दा कुनै समस्या नरहेको बताए । उनले यो बर्ष समयावधी कम भएको बताए ।

“पेस्कि लिएर योजना समेत तर्जुमा गरिसकेका कारणले गर्दा यो वर्ष सरोकार समितिलाई काम गर्न दिनुपर्छ”, उनले भने “याे संस्था बिधि सम्मत दर्ता भएको संस्था हाे, हिजो स्थानीय सरकार गठन नभएको बेलामा स्थापना गरिएकाे संस्था नगरको प्रत्यक्ष निगरानीमा संचालन गर्दा समस्या हुँदैन” ।

छलफलमा इन्द्रावति गाँउपालिकाका अध्यक्ष झम्क नेपालले स्थानिय सरकार हुनुभन्दा अगाडि अहिले स्थानिय तहमा नेतृत्व गरेकै ब्यक्तिहरुको पहलमा बनाइएको संस्था भएकाले सम्बन्धित पालिकाबाट कार्यक्रम स्विकृत गराई सामाजिक उत्थान कार्यक्रम मार्फत काम गर्नुपर्ने धारणा राखे ।

त्यस्तै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय सरकार गठन र मेलम्ची बोर्ड खारेज भए पछि स्वःत पालिका मार्फत कार्यान्वयन हुनुपर्ने भनाइ राखे । “नेपाल सरकारको पैसा स्थानिय सरकार मार्फत नै कार्यान्वय हुनुपर्छ”, शेर्पाले भने ।

कार्यक्रममा सरोकार समितिका पदाधिकारीहरुले बिधि सम्मत हिसाबले दर्ता गरेको संस्था भएकाले सरोकार समिति मार्फत नै काम गर्न पाउनुपर्ने माग राखेका थिए । छलफलमा खानेपानी मन्त्री उमाकान्त चौधरी, सचिव, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!