नवलपुर । इन्द्रावती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष झम्क नाथ नेपालले गुणस्तरीय शिक्षा अबको प्राथमिकता भएकाे बताएका छन । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले इन्द्रावती गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई गरेकाे बधाई तथा सुभकामना प्रदान कार्यक्रममा उनले साे कुरा बताएका हुन ।

“शिक्षकहरुको शिर झुक्न दिन्न”, नेपालले भने “शिक्षा बाट मात्र समाज परिवर्तन गर्न सकिन्छ, गुणस्तरीय शिक्षा अबको प्राथमिकता हाे” ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका बागमती प्रदेश सचिव राजेन्द्र शेष्ठले शैक्षिक सुधारका लागि गाउँपालिकाले पहल लिनुपर्ने बताए । सिन्धु साहित्य प्रतिष्ठानका सदस्य जगन्नाथ आचार्यले कार्यक्रममा कबिता वाचन गरेकाे संगठनका सचिव उद्धव लामिछानेले जानकारी दिए ।

कार्यक्रममा पालिका अध्यक्ष झम्क नेपाल उपाध्यक्ष सोभाना तमाङ १२ वटै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठनका इन्द्रावती गाउँपालिका कमिटी अध्यक्ष सावित्री गजुरेलको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय अनुशासन कमिटी सदस्य एवं मेलम्ची नगरका निवर्तमान प्रमुख डम्बर अर्यालको प्रमुख आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!