
मेलम्ची । सहकारीकाे प्रगति समिक्षा एवं बजेट तर्जुमा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जिल्ला कृषि सहकारी संघ लिमिटेडको आयोजना तथा साना किसान विकास लघुबित्त बित्तीय संस्था लिमिटेड ईलाका कार्यालय बनेपाको आर्थिक सहयोगमा कार्यक्रम भएकाे हाे ।
मेलम्चीमा भएकाे छलफल कार्यक्रममा जिल्ला भित्रका कृषि तथा साना किसान कृषि सहकारी संस्थाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा साना किसान विकास लघुबित बित्तीय संस्था लिमिटेडका ईलाका इन्चार्ज सरोज भट्टराईले कृषि कर्जा, सहकारी सञ्चालनका प्रक्रिया लगायतका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । त्यस्तै कार्यक्रमका अध्यक्ष मित्रलाल चौलागाईले सहकारीलाई कसरी राम्रो बनाउने ? ब्यबस्थापनको चुनौतीलाई कसरी समाधान गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।