
बजारमा कार्वाइड हालेर पकाइएको आाप छ्यापछ्याप्ती पाइनेगरेकाे छ । विषादीयुक्त आापले स्वास्थ्यमा गम्भीर असर गरे पनि सरोकारवाला निकायको भने यसमा ध्यान जान सकेको छैन ।
सिपिया, बम्बईलगायतका प्रजातिका आाप फाटफुटरुपमा पाक्न थाले पनि मालदह, कलकतिया, किसन भोगलगायतका आँप पाक्ने बेला भएको छैन । तर पनि बजारमा धेरै किसिमका आाप छ्यापछ्याप्ती पाउन थालिएकाे छ । पाक्ने समयभन्दा पहिले नै आापको मूल्य बढि पाइने भएकाले व्यापारीले काँचो आापलाई कार्वाइड हालेर बजारमा बेच्ने गरेका छन् ।
बजारमा पाइने यस्ता आाप हेर्दा पाकेको देखिए पनि स्वाद भने अमिलो नै हुन्छ । यस्ता आाप खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सक बताउँछन् ।
जनकपुरधामलगायतका बजारमा पाइने नयाँ किसिमका यी आँप धेरैजसो भारतबाट आयात गरिएको हो । नेपालकै किसानले लगाएका आापमा पनि व्यापारीले अखाद्य तत्व मिसाएर बिक्री गर्ने गरेको पाइन्छ । बजारमा यस्ता आँप एक महिनादेखि बिक्री भइरहे पनि सरोकारवाला निकाय गम्भीर हुन सकेका छैनन् ।
बजार अनुगमनको जिम्मेवारी पाएका जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मुकदर्शक बन्दा आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड भइरहेको छ ।
कान्तिपुर टिभि बाट