फटकसिला । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका पुर्व मन्त्री युवराज दुलालले चुनावमा हारजित जे भएपनी विकास निर्माणको काममा आफू र आफ्नो पार्टी सधै जनताको साथमा रहेको बताएका छन ।

आज मेलम्ची १३ फटकसिलाको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै दुलालले भने, “चुनावमा हारजित जे भएपनी विकास निर्माणको काममा लागिरहनेछु, सधै जनताको साथमा रहनेछु”।

“चुनाव जित्ने पार्टिको भन्दा माओवादी केन्द्रले अझ धेरै विकासको काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु”, उनले भने । कार्यकर्तालाइ निरास नभै एक ढिक्का भएर पाटी संगठन मजबुत बनाउन लाग्न समेत दुलालले आग्रह गरेका छन ।

कार्यक्रममा राप्रपा युवा संघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष तुलसिराम घोरासैनी, राप्रपा वडा सचिव सहित नेकपा एमालेका सक्रिय कार्यकर्ता नरबहादुर तामाङ, रामबहादुर तामाङ तथा राप्रपा, एमाले र कांग्रेस परित्याग गरि करिव ६० जना ब्यक्ति माओवादी प्रवेस गरेकाे नेकपा माओवादी केन्द्रका मेलम्ची नगर उपाध्यक्ष एबम् मेलम्ची १३ का वडा अध्यक्षका प्रत्यासी सिवराम दंगालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!