शनिवार राजधानीको जोरपाटीमा रहेको सर्वनाम शिक्षालयमा होस्टल वार्डेनले छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना बाहिर आएको छ ।

वार्डेन रामजी बस्नेतले छात्राहरूमाथि दुर्व्यवहार गर्ने गरेको भन्दै अभिभावक आन्दोलित बनेका छन् । अभिभावकहरूले घटनाबारे थाहा हुँदा हुँदै विद्यालयका प्रिन्सिपल समेत चुपचाप बसेकाले उनको पनि मिलेमतोमा घटनाहरू हुने गरेको आरोप लगाएका छन् ।

विगत ६ महिनादेखि आफू दुर्व्यवहारको सिकार भएको बताउने एक छात्राले अनौपचारिक कुराकानीका क्रममा घटनाबारे सविस्तार सुनाइन् । आमाबुवा नेपालमा नभएका छात्राहरूलाई वार्डेन बस्नेतले टार्गेट गर्ने गरेको उनले बताएकी छन् । वार्डेनले एक्लो मौका छोपेर शरीरका संवेदनशील अंगमा छुने गरेको उनले बताइन् ।

उनले भनिन्, ‘वार्डेनले तिम्रो (वेट) तौल कति छ भनेर सोध्ने गरेको थियो । मैले आफ्नो तौल सही बताउँदा होइन होला म बोकेर चेक गर्छु भन्ने गर्दथ्यो । एक्लो पाएको मौका छोपेर शरीरका संवेदनशील अंगमा छुने गरेको थियो । कक्षामा होमवर्क हेर्छु भनेर बोलाउने गरेको थियो । बोलाएर पछाडि भागमा छुने गरेको थियो ।’

घटनाका बारेमा विद्यालयका प्रिन्सिपल दुर्गानाथ सिवाकोटी र उनकी श्रीमतीलाई जानकारी गराउँदा समेत कुनै एक्सन नलिएको पीडितहरूको आरोप छ । उल्टै सिकायत गरेको भिडिओ बनाएर वार्डेनलाई देखाउने र वार्डेनले टर्चर दिने गरेको उनले बताइन् ।

प्रहरीका अनुसार पीडक भनिएका रामजी बस्नेत पक्राउ परेका छन् । उनलाई रामेछापको मन्थलीबाट पक्राउ गरिएको महानगरी प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!