
नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमानदार नभएको निष्कर्ष निकालेको छ । शनिबार आयोजित सचिवालय बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमानदार नदेखिएको नेकपा एसको ठहर छ ।
यस विषयमा पाँच दलीय गठबन्धनको बैठकमा पार्टीले कुरा उठाउने सचिवालय बैठकले गरेको छ । नेकपा एसका उम्मेदवारलाई गठबन्धन आबद्ध दलले मत नदिएको निष्कर्ष पार्टीले निकालेको हो ।
स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारलाई सँगसँगै नहाइटाएको समीक्षा गरेको बैठकले तत्काल वामपन्थी एकताका बारेमा पनि छलफल गर्ने निर्णय गरेको छ ।