मेलम्ची । मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कुल मेलम्चीले विद्यालयको एप्लिकेशन सुरुवात गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी सो एप्लीकेसनको सुरुवात गरीएको छ ।

यो एप्लीकेसन नेपालमै पहीलो अभ्यास भएको विद्यालयका अध्यक्ष दिनेश बस्नेतले जानकारी दिए । नेपालका विद्यालयहरुमा अरुले बनाएको एप्लीकेसन प्रचलनमा ल्याएको भएपनि विद्यालय आफैंले बनाएको यो पहीलो अभ्यास भएको पनि उनले जानकारी दिए । विद्यालयको सुचना प्रविधी शाखाको विषेश पहलमा एप्लीकेसन तयार भएको हो ।

सो एप्लीकेसनबाट अभिभावकले घरमै बसेर आफ्ना बालबालीकाको क्रियाकलाप नियाल्न सक्नेछन् । आफ्नो बालबालीकाको दैनीकी क्रियाकलापदेखी शैक्षिक गतिविधी नियाल्न सक्ने विद्यालयका सुचना प्रविधी शिक्षक सुवोध शाहले जानकारी दिए । एप्लिकेशनमा शिक्षकको लेशन प्लान, गृहकार्य लगायत विद्यार्थीको हाजिरी र अन्य जानकारी रहेको विद्यालयले जनाएको छ ।

एप्लिकेशनले अभिभाकहरुलाई विद्यालय धाएर आफ्नो बालबच्चाको बारेमा बुझ्न नपर्ने र सबै कुरा एप्लिकेशनमा रहेकोले सहजता हुने भएको छ । विद्यालयले हरेक दिन एप्लीकेसनमा विद्यार्थीको क्रियाकलापबारे अपडेट गराईराख्ने छ ।

mcses नाम गरेको एप्लीकेसन प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकीने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!