दुवाचाैर । भट्टार राम्चे थिङटोल, सिपालिटोल, कालिकादेबि मोटरबाटो उपभोक्ता समितिले ल्याएको सामान शनिवार राती चोरी भएको छ । मेलम्ची ७ दुवाचौरमा उक्त समितिको २५० लिटर डिटेल चोरि भएको हो ।

“एक ड्रम डिजेल चोरी भएको छ, त्यसमा २५० लिटर थियो । बिर्काे र ड्रम छ तर डिजेल चोरी भयो, अर्काे भाँडोमा खनाएर लगेको रहेछ,” मेलम्ची ७ का वडा अध्यक्षका प्रत्यासी दिप बहादुर तामाङले भने । अनिल तामाङको अध्यक्षतामा गठित उपभोक्ता समितिले सो डिजेल खरिद गरेको थियो ।

यस्तै हिजो राती नै राम्चे खानेपानी आयोजनाले ट्याङ्की निर्माणको लागी ल्याएको ६५ बोरा सिमेन्ट नष्ट भएको छ । “त्रिपालले छोपेर राखेको उक्त सिमेन्ट आज बिहान हेर्दा त्रिपाल उघारेको पाइयो, पानीले भिजेर सबै नष्ट भएछ । दुवाचौरकै उत्श्रृंखल गतिबिधि गर्ने ब्यक्तिहरूले यो काम गरेका हुन”, दिप बहादुर तामाङले भने ।

“के भन्ने यस्ता अविवेकी प्राणीहरुलाई ? गरी राम्चे – भट्टार सडक स्तरोन्नति गर्न ल्याइएको २५० लिटर डिजेल चोरी भएको छ । थप अनुसन्धान भइरहेको छ”, मेलम्ची ७ का नेपाली कांग्रेसका वडा सचिव कार्साङ तामाङले फेसबुक मार्फत भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!