काठमाण्डाै । नेकपा माओवादी केन्द्रले पार्टीका हरेक सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने भएको छ। पार्टीका पूर्व स्थायी कमिटीका सदस्यहरुको आइतबार खुमलटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

पार्टी कार्यालय भवन विस्तार तथा व्यवस्थापन गर्न एकपटक सबै सदस्यहरुसँग रकम संकलन गर्ने निर्णय भएको पूर्व स्थायी समिति सदस्य गणेश शाहले बताए। एक सदस्यकाे भागमा एक सय रूपैयाँ पर्ने भएकाे छ ।

‘८ लाख सदस्यबाट एक महिनाभित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय भएको छ,’ शाहले भने, ‘यो एकपटक मात्रै रकम संकलन गरिन लागिएको हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!