दुवाचाैर । मेलम्ची नगरपालिका वडा नं ७ को भट्टार फाँटकाे लागि सिँचाई गर्न मेलम्ची खाेला बाट पानी लिफ्टिङ गरिएकाे छ । तितेखानी भट्टार लिफ्टिङ मोटर सिंचाईको आज उद्घाटन गरिएकाे छ ।

आज एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले साे लिफ्टिङकाे उद्वाटन गरेका हुन । बाढीले पुर्याएको क्षति र नदीले गरेको कट्टानको अवलोकन र पिडित स्थानीयहरु संग भेटघाट गर्ने क्रममा तामाङले साे लिफ्टिङकाे उद्वाटन गरेका हुन ।

२०७८ साल असार १ गएको बाढीले सिंचाई कुलो क्षतिग्रस्त हुँदा बट्टार भाँटका सयौं रोपनी खेती योग्य जग्गालाई असर परेको थियो । यस लिफ्टिङ सिंचाईले किसानहरुलाई राहत मिलेको छ । सो फाँट खेतियोग्य र उत्पादनको हिसाबले अब्बल फाँट पनि हो । मेलम्ची खोलाबाट तानेको पानीले भट्टार फाँटमा पानी पुगेपछी अब सिंचाईको समस्या नहुनेमा स्थानीय ढुक्क भएका छन् ।

“मेलम्ची खाेलामा बगेकाे पानीलाई माथी तिर फर्काएर भट्टार फाँटमा लगिएकाे छ”, मेलम्ची ७ का स्थानिय ओम तामाङले भने “गत बर्ष गएको बाढी बाट क्षति पुगेर सिँचाइको लागि कुलो नभए पश्चात् मेसिन मार्फत तल मेलम्ची खोलाको पानी भट्टारमा लगेपछि कृषकलाई सहज भयाे” ।

बिकास एवम् प्राकृतिक विपद्ले पारेको प्रभाव, नगर र प्रदेश सरकारद्वारा संचालित योजनाको अनुगमन, अध्ययन तथा अवलोकनलाई प्रमुख तामाङले तिब्रता दिएको सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!