
नेकपा एमालेकी सांसद गंगा चौधरीले बलात्कारकाे मुद्दामा हदम्याद जायज भएको तर्क गरेकि छन ।
बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले संसदमा पेस गरेको विधेयकका विषयमा बोल्दै आज सांसद चौधरीले हदम्याद हटाएमा मुद्दाको चाङ लाग्ने जिकिर गरिन् । “मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारकाे मुद्दा लगाउने प्रवृति बढ्याे”, उनले भनिन् ।
‘महिला हुँ भन्दैमा महिलाको भावनामात्र बुझ्ने होइन, पुरुषको भावना पनि बुझ्नुपर्छ । अस्ति भर्खरकै केस पल शाह र सुस्मिताको कुरा । जबसम्म मन मिल्यो लभको संज्ञा दिने, स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने । हामीले यही सदनका पूर्वसभामुखको घटना पनि हेरेका थियौँ, स्वार्थ मिलुन्जेल कसैलाई पत्तो थिएन, स्वार्थ नमिलेपछि बलात्कारको संज्ञा दिएर ६/६ महिना जेलमा कोचियो’, चौधरीले भनिन् ।