मेलम्ची । मेलम्ची नगरपालीकाले नगरभित्र संचालनमा रहेका क्रसर उद्योगहरुको अनुगमन गरेको छ । नगरपालीकाभित्र ढुंगा, गिट्टी, बालुवा उत्खनन, क्रसिङ र विक्री वितरण तथा क्रसर उद्योगको अनुगमन गरीएको हो ।

मेलम्ची नगरपालीकाका प्रमुख आइतमान तामाङको नेतृत्वमा ढुंगा, गिट्टी, बालुवा उत्खनन्, क्रसिङ र विक्री वितरण तथा क्रसर उद्योग अनुगमन गरीएको हो । मेलम्चीमा संचालन हुँदै आएका क्रसर तथा रोडा–ढुङ्गा खानीको वर्षौंपिच्छे तालिका मिलाएर तीन पटकसम्म अनुगमन हुँदै आएको थियो ।

ढुंगा, गिट्टी, बालुवा उत्खनन्, क्रसिङ र विक्री वितरण तथा क्रसर उद्योगको अनुगमनमा नगरप्रमुख आइतमान तामाङ, प्रशासकीय प्रमुख अमृतकुमार धिताल, सुरक्षा कर्मी लगायत सम्बन्धित कार्यालयका कर्मचारी सहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनको क्रममा पानी थेग्राउने पोखरी पुरिएको भेटिएको थियो । त्यस्ता क्रसरहरुलाई पानी पोखरीमा जमाएर मात्र नदिमा छोड्नका लागि निर्देशन दिइएको नगरपालिकाका राजस्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिए ।

“सम्पुर्ण क्रसरहरुलाई सुचना पार्टि राख्नको लागि आग्रह गरियाे । राजश्व दाखिला नगरेका जाल्पा इन्फ्रा इन्स्टक्चर प्रालि, गंगा इन्द्रावती क्रसर उद्योग, वज्र वासिंङ सेन्टर र गुगल एण्ड जुगल लाई तुरुन्त राजस्व दाखिला गर्नका लागि प्रमुख ज्युले निर्देशन दिनुभयाे”, दुलालले भने ।

अनुगमन पश्चात क्रसर ब्यवसायीहरूले आफ्नो कमिकमजोरीलाई सुधार्दै आगामि दिनमा गिटि तथा वालुवा उत्खनन् गर्ने प्रतिबद्धता जनाएकाे बताईएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!