मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा आकाशे पुल बन्ने भएको छ । मेलम्चीमा आकाशे पुलको लागि ४ करोड रुपैयाँ विनियोजन भएसैगै साे पुल बन्ने भएकाे हो ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक वर्ष ०७९\८० को वार्षिक कार्यक्रम ( रेड बुक ) मा साे साे रकम समेत बिनियाेजन भएकाे छ । यसै बिच हेलम्बु गाउँपालिकाको नाकोते र तिम्बुमा पनि पक्की पुल बन्ने भएको छ । दुवै पुलको लागि चारचार करोड रुपैयाँ विनियोजन भएको छ ।

यस्तै इन्द्रावती नदी र फट्टे दुवाचौर पुल निर्माणको लागि समेत चारचार करोड रुपैयाँ विनियोजन भएको छ । हेलम्बु गाउँपालिकाको गौरीखोला थापाटार पिपलेचौर पक्की पुल निर्माणको लागि १ करोड, चौतारा साँगाचोकगढी नगरपालिका – ३ कुभिण्डे खोला पुल निर्माणको लागि समेत १ करोड रुपैयाँ विनियोजन भएको हाे ।

त्यस्तै सिन्धुपाल्चोकको चेहेरेबाट काभ्रेको सापिङ जोड्ने सुनकोशी पुलको लागि २५ करोड, इन्द्रावती १० र चौतारा साँगाचोकगढी १२ जोड्ने झ्याडीखोला पुलको लागि १ करोड ३८ लाख, लिसंखुपाखर १ को अत्तरपुर ठुलोधादिङ जोड्ने गौरुङखोला पुलको लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ । खुल्लापाना बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!