
नेपाली कांग्रेस सिन्धुपाल्चोकले जिल्लामा कांग्रेसबाट स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिएको छ ।
मंगलबार काठमाडौँमा केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रम गरिएको हो । जिल्लाबाट कांग्रेसका तर्फबाट निर्वाचित पाँच स्थानीय तहका प्रमखु र सात उपप्रमुखहरूमध्ये केही बाहेक सबै सहभागी भएका थिए ।
कार्यक्रममा बागमती प्रदेशका सह महामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सभापति जंगबहादुर लामा, पूर्व जिल्ला सभापति विकास लामा, पूर्व गृहराज्यमन्त्री विषणुविक्रम थापा, जिल्ला उपसभापति दोर्जे लामालगायतको सहभागिता रहेको थियो ।
सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये कांग्रेसले प्रमुखमा पाँच पालिका र उपप्रमुखमा सात पालिका जितेको छ ।