
चाैतारा । ताताेपानी भन्सारमा राेकिएकाे मल किसानलाई उपलब्ध गराउन छलफल सुरू भएकाे छ । तातोपानी भन्सारमा रोकिएको मल किसानलाई तुरुन्तै उपलब्ध गराउन भन्सार प्रमुख सँग राजनैतिक दलहरू र सम्बन्धित निकाय बिच छलफल भएकाे हाे ।
तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम सँग नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पुर्ब मन्त्री मोहन वहादुर बस्नेत लगायतकाे छलफल भएकाे हाे ।
छलफलमा बाह्रबिसे नगरपालिका मेयर बालकृष्ण बस्नेत, भोटेकोशी गाउँपालिका प्रमुख पासाङ नोर्बु शेर्पा, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।