
मेलम्ची । वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित हुन थालेको छ। गएराति आएको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुर्याउन थालेको छ।
गएरातिको बर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्टेको पुलमा क्षति पुर्याएको हाे । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ ।
मेलम्ची नगरपालिका वडा नं ७ र ११ जाेड्ने फट्टेमा रहेको अस्थाई ह्युमपाइप कल्भर्टमा क्षती पुगेसंगै यातायात सेवा अवरूद्व भएकाे हाे । अब यातायात आवत जावतमा बैकल्पिक मार्ग प्रयोग गर्न मेलम्ची नगरपालिकाले अनुराेध गरेकाे छ ।
“आज रातिको बर्षाको कारण नदिको बहाब बढी मेलम्ची बजारमा रहेको र फट्टेमा रहेको अस्थाई ह्युमपाइप कल्भर्टमा क्षती पुगेकोले यातायात आवत जावतमा बैकल्पिक मार्ग प्रयोग गर्नु हुन सम्पुर्णमा अनुरोध छ”, मेलम्ची नगरपालिकाका इन्जिनियर जीत बहादुर कार्कीले फेसबुक मार्फत जानकारी दिए ।
मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङका अनुसार फट्टेको ह्युमपाइप मर्मत गरेर १ हप्ता चलाइने छ । मेलम्ची इन्द्रावती जाेड्ने पुलमा भने क्षति नपुगेकाे तामाङले बताए । साे पुल पनि केहिदिन राखिने प्रमुख तामाङकाे भनाइ छ ।