मेलम्ची । गएराति आएको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुर्याउन थालेको छ । बाढीले मेलम्ची ११ स्थित फट्टेकाे पुलमा क्षति पुगेपछि यातायात सेवा समेत अवरूद्व भएकाे हाे ।

राती पुलमा क्षति पुगेकाे थाहा पाएपछि मेलम्ची नगरपालिकाका मेयर एका बिहानै फट्टे पुगेका थिए । पुलमा क्षति पुगेकाे थाहा पाएपछि मेयर तामाङ याक्सनमा उत्रेका छन । साे पुल मर्मत गर्न निर्देशन दिएकाे केही समयमै काम सुरू भएकाे छ ।

मेलम्ची नगर प्रमुख आइतमान तामाङ र मेलम्ची ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ सहितकाे टिम गए रातीको बर्षाका कारण आंशिक क्षति भएकाे साे पुलकाे मर्मतकाे लागि खटिइरहेका छन । अबकाे केही घन्टा पछि मर्मतकाे काम सम्पन्न हुने स्राेतले जानकारी दियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!