मेलम्ची । हिजाे बुधवार पाँचपाेखरी थाङपाल गाउँपालिकाकाे बरुवाबाट १ ब्यक्ति बुवाकाे घेवाको लागि किराना सामान किन्न मेलम्ची आए । उनिसंगै उनकाे श्रीमती पनि संगै थिइन ।

उनी थिए बरूवाका जारे स्याङ्वाे । उनी बरूवा बाट सामान किन्न फाेरह्विल गाडीमा मेलम्ची आउँदै थिए । बरूवा बाट केही घण्टा पछि उनी मेलम्ची ७ दुवाचाैर आइपुगे । दुवाचाैरमा एकजना अपरिचित ब्यक्तिले गाडी राेक्न लगाए । साे ब्यक्ति पनि संगै साेहि गाडीमा चढेर मेलम्ची आए ।

बुवा फेन्दु स्याङ्वाेकाे २१ दिनकाे घेवाकाे लागि सामान लिन आएका थिए जारे स्याङ्वाे मेलम्ची । मेलम्ची आएर सामान किनमेल गरे । जारे र उनकाे श्रीमती संगै सामान किन्दै थिए । उनिहरूले मेलम्चीकाे अनिल श्रेष्ठ(भक्त) काे पसलमा सामान किने ।

सामान किन्न उनिहरूले झाेलामा २ लाख रूपैयाँ पैशा लिएर आएका थिए । उनिहरू किराना पसलकाे सामान किन्दै थिए । एकैछिन झाेला छेउमा राखेर जारे स्याङ्वाेकाे श्रीमती फलफुल किन्न निस्किइन । २ लाख चाेर्ने ब्यक्ति भने उनिहरूलाई पछ्याइरहेका रहेछन तर उनिहरूलाई पत्ताे थिएन ।

हिजाे सार्वजनिक भएकाे सिसिटिभि क्यामेरा फुटेजमा सजिलै देख्न सकिन्छ, साे ब्यक्तिले झाेलाबाट पैशा झिकेर उनकाे आफ्नाे झाेलामा राखेकाे । उनले दायाँवायाँ हेरेर ब्यक्तिहरू नियाल्दै सजकता समेत अपनाएका थिए । तर सिसिटिभि जडान गरिएकाे पत्ताे भने पाएनन । उनी पैशा चाेरेर त्यहाँबाट निस्किए र बस चढेर गए ।

सिन्धुप्रेस संगकाे कुराकानीमा जारेका सालाे निमा लामाले भने, “मेराे आफ्नै दिदिकाे बुढा हुनुहुन्छ जारे स्याङ्वाे । दिदी र भिनाजु सामान लिन मेलम्ची जानुभएकाे थियाे फाेर ह्विलमा । पैशा चाेर्ने ब्यक्तिले दुवाचाैर बाट पछ्याएका रहेछन । दिदिभेना आफ्नै धुनमा हुनुहुन्थ्याे” ।

“उक्त २ लाख चाेर्ने ब्यक्ति शेर्माथाङकाे बस चढेर गएकाे सिसिटिभिमा देखियाे”, निमा लामाले भने । यसरी मेलम्ची बाट दिउँसै लाखाैँ रूपैयाँ चाेरी हुँदा पनि प्रहरीले अहिले सम्म चाेर पत्ता लगाउन नसकेकाेमा उनले दुख ब्यक्त गरे । “चोरी गर्ने मान्छेलाई कसैले चिन्नु हुन्छ भने नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिनुहुन हार्दिक अनुराेध गर्दछु, लामाले अपिल गरे ।

उनकाे सम्पर्क नम्बर ९८४११५९८४२ रहेकाे छ । पैशा चाेर्ने ब्यक्तिलाई कसैले देख्नुभएका नजिकैकाे प्रहरी कार्यालय वा याे नम्बरमा सम्पर्क गरेर जानकारी गराउन सकिने छ ।

साे ब्यक्तिले पैशा चाेरेकाे भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!