थकनी । मेलम्ची नगरपालिका ४ थकनीकाे आगलागी पिडितलाइ नेपाली कांग्रेसले सहयाेग गरेकाे छ । आगलागी बाट थकनी बस्ने गंगा तामाङको ढुङ्गा माटोले बनेको घर जल्नुका साथै सम्पुर्ण सामान जलेर नष्ट भएकाे थियाे ।

नेपाली कांग्रेस मेलम्ची नगरपालिका ४ का सभापति, नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिका प्रत्यासी समाजसेवि युवा नेता कृष्ण कुमार तामाङ (समीर) को आर्थिक सहयोगमा पिडितलाई सामानहरू उपलब्ध गराइएकाे छ । पिडित गंगा तामाङ लाई अस्थायी टहरा निर्माण गरिदिनुका साथै, खाद्यान्न , किचन सामग्री, लत्ताकपडा जुत्ता चप्पल, ओढने ओछ्याउने सहयोग गरिएको छ ।

हिजाे आगलागी भएर घर लगायत सबै सामान नष्ट भएपछि समिरकाे पहमा आजै बसोबास को लागि अस्थाइ घर को समेत निर्माण सम्पन्न भएकाे नेबिसंघका नेता सम्राट राउतले जानकारी दिए । गंगाको श्रीमानको केही महिना अघि क्यान्सरका कारण निधन भएको थियो । उनकाे ९ र १२ बर्षका छोरा र ७ बर्षकि छोरी छन ।

“विपदको यो घडीमा पुर्ण रुपले घर जलिसकेको अवस्थामा गंगा तामाङ दिदिको परिवारको खुल्ला आकाश मुनिको ओत लाग्ने ठाउँ बनाउन सफल भएका छाैँ”, समिरले भने । यश बिचमा सहयाेग गर्ने सम्पुर्ण स्वयमसेवक, मेलम्ची नगरपालिका-४ का नवनिर्वाचित वडाध्यक्ष संजीव तामाङ, वडा सदस्य लगायत सम्पुर्णमा उनले विशेष आभार ब्यक्त गरेका छन ।

“प्रत्येक वडावासीको समस्या र चुनौती समाधान हाम्रो पहिलो प्राथमिकता हो”, समिरले भने “नागरिकको सबैखाले समस्या, आपत विपदको सारथी बन्न नेपाली कांग्रेस हरदम तयार हुनेछ” । प्रत्येक पिडित वडाबासीको लागि अभिभावकीय भुमिका निर्वाह गर्न कदापि पछि नहट्ने समिरले बताए ।

हिजाे मेलम्ची ४ स्थित गंगा तामाङको जस्ता पाताले छाएको १ तले कच्ची घरमा विद्युतको मिटर बक्स बाट करेन्ट सर्ट भई आगोलागी भएको थियाे । आगलागि बाट घर भित्र रहेको लत्ता कपडा भाडा बर्तन, अन्नपात, नगद रू १ लाख ४२ हजार, ३ तोला सुन लगायत सम्पुर्ण सामान जलेर नष्ट भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!