हेटाैँडा । जिल्ला युवा समिति सिन्धुपाल्चाेकको अध्यक्षमा वसन्त गुरूङ मनाेनयन भएका छन । उनलाई बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले मनाेनयन गरेकाे हाे ।

मेलम्ची नगरपालिका वडा नं ३ का निवर्तमान वडा अध्यक्ष र हाल नेपाली कांग्रेस मेलम्ची नगर सभापती समेत रहेका गुरूङ युवा माझ परिचित छन । उनलाई बागमती प्रदेश युवा परिषद्‌ ऐन, २०७६ को दफा १३ को उपदफा (२) (क) बमोजिम तथा यस मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०७९/०२/२५ गतेको निर्णयानुसार अध्यक्ष पदमा मनाेनयन गरिएकाे हाे ।

गुरूङ जिल्ला युवा समिति, सिन्धुपाल्चोक जिल्लाको अध्यक्ष पदमा चार बर्षको लागि मनोनयन भएका हुन ।

“प्रचलित नियम कानूनको अधिनमा रही जिल्लास्तरमा युवा सम्बन्धी योजना तथा कार्यक्रमको समन्वय, सहजीकरण र सञ्चालन गर्न यहाँको योगदान अतुलनीय रहनेछ भन्ने विश्वास लिएको छु”, अधिकृत देवनारायण चाैधरी द्वारा हस्ताक्षरित पत्रमा भनिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!