मेलम्ची । २ लाख चाेरीमा संलग्न पत्ता नलाग्दै मेलम्चीमा फेरि २ पसलबाट नगद र जिन्सि चाेरी भएकाे छ । शनिबार मात्रै मेलम्चीको दुईवटा पसलमा चोरी भएको हाे ।

सिन्धुपाल्चोककाे क्षेत्र नं २ काे मुख्य बजारको रुपमा परिचित रहेको मेलम्ची बजारका पसलहरुमा दैनिक जस्तै चोरी हुन थालेपछि स्थानीय तथा व्यवसायीहरु आतकिंत बन्न थालेका छन् । बजार क्षेत्रको सुरक्षाको लागि राखिएको सिसिटिभी क्यामेराले काम नगर्दा पनि चाेरीमा संलग्न पत्ता लगाउन कठिन भएकाे छ ।

सम्बन्धित निकायले सिसिटिभी क्यामेराकाे मर्मतमा चासो नदिएको कारण चोरीको घटना बृद्धि भइरहेको एक स्थानीयले बताए । सिसिटिभी क्यामेराकाे लागि लाखाैँ खर्च भएतापनि सबै काम नलाग्ने अवस्थामा रहेका छन ।

मेलम्चीकाे एक कच्चि घरमा संचालन हुदैँ आएको मसला पसल तथा फेन्सी पसलबाट चोरले पसलमा रहेको केही नगद तथा जिन्सी सामानहरु लगेको छ । “ठुलाे मात्रामा नगद चाेरी नभएपनि पसलमा रहेकाे केही नगद तथा जिन्सी सामानहरु चाेरी भयाे”, मेलम्चीका पिडीत व्यवसायी बिक्रम भुषालले भने ।

गत बुधबार मात्रै मेलम्चीको एक पसलबाट नगद २ लाख रुपैयाँ चोरी भएको थियो । घेवाको सामान किन्न मेलम्ची बजार आएका पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर २ बरुवाका सानुमाया तामाङको दिउँसै झोलामा राखिएको नगद २ लाख चोरी भएको थियो ।

प्रहरीले चोरी गर्ने ब्यक्तिको खोजि भइरहेको बताएपनि हालसम्म अपराधीलाई पक्राउ गर्न सकेको छैन । उक्त घटनाको पसलमा रहेको सिसिटिभि फुटेजमा कैद भएको भिडियो मार्फत चोरी गर्ने ब्यक्ति देखिएपनि प्रहरीको सक्रियता नहुँदा बजारमा थप चोरीको घटना बढेको स्थानीयको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!