चाैतारा । जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकमा नेपाली काँग्रेस र समाजवादीको गठबन्धनका उम्मेदवार बिजयी भएका छन ।

गठबन्धनकाे तर्फबाट नेपाली काँग्रेसका बालकृष्ण श्रेष्ठ १३ मतसहित जिसस प्रमुखमा बिजयी भएका हुन । प्रमुखमा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका गणेश बिकलाई १० मत प्राप्त भएकाे छ ।

उपप्रमुखमा समाजवादीका पदमनाथ नेपाल १३ मतसहित बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जंगप्रताप सिलवालले ११ मत प्राप्त गरेका छन ।

समन्वय समितिको सदस्यमा समाजवादीबाट एक  र कांग्रेसबाट ६ जना १३÷१३ मत प्राप्त गरि विजयी भएको निर्वाचन अधिकृत चन्द्रप्रकास तिवारीले जानकारी दिए ।जित बहादुर कार्की, बलराम केसी, विक्रम तामाङ, अम्बिका बस्नेत, ढक माया, सेतो कोईराला, सोममाया श्रेष्ठ, तारा नेपाली सदस्यमा विजयी भए ।

जिसस सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र समाजवादी, एमाले र माओवादी बिच गठबन्धन भएकाे थियाे । जम्मा मतदाता २४ रहेकाे थियाे । कांग्रेसकाे १२ मत, एमालेकाे ७ मत, माओवादी केन्द्रकाे ४ मत, समाजवादीकाे १ मत रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!