मेलम्ची । सिन्धुपाल्चाेककाे मेलम्ची बजार स्थित पसल चोरी गर्ने ३ जना पक्राउ परेका छन । जेठ २८ गते रातकाे समयमा मेलम्ची नगरपालिका वडा नं ११ स्थित रहेको बाबुराम भुसालको फेन्सी पसलको सामान चाेरी गर्ने ३ जनालाई ईलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेकाे हाे ।

उक्त फेन्सी पसलकाे जस्ताको छाना मुनी हालेको जिप्सन बोर्ड फोडी पसल भित्र छिरेर पसलमा रहेको बिभिन्न दरका जुत्ता, पाईन्ट, ज्याकेट, टिसर्ट, झोला चाेरी गरेर फरार रहेका मेलम्ची ११ बस्ने बर्ष २० को विकास पुरी, वडा नं. ६ बस्ने बर्ष २१ को उत्तम थापा र वडा नं ६ कै बर्ष २० को दिपेन्द्र कार्की लाई प्रहरीले पक्राउ गरेकाे हाे ।

सबै सामानकाे समेत गरी अन्दाजी रु २,५०,०००/- (दुई लाख पचास हजार मात्र) बराबरको सर-सामान चोरी गरि उनिहरू फरार रहेका थिए । उनिहरूलाई ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेकाे हाे ।

पक्राउ पश्चात् उनिहरूलाई चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भईरहेको बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!