चाैतारा । सिन्धुपाल्चोकमा मलकाे हाहाकार भएको बेला सरकारले जिल्लाभर १३० वटा डिलर मार्फत मल दिने भएको छ । जिल्लाभर युरिया १४२६ बाेरा र डिएपी ६५० बाेरा दिने भएको हाे ।

कृषि सामाग्री कम्पनी लिमिटेड धुलिखेल शाखाले सिन्धुपाल्चोक जिल्ला भर १३० वटा डिलर मार्फत जम्मा २ हजार ७६ बाेरा मल दिने भएको हाे ।

मेलम्ची नगरपालिकामा ३३ डिलरमार्फत प्रति सहकारीमा युरिया आठ, डिएपी पाँच बाेरा दिने भएको छ । यस्तै पालिकामा युरिया २६४ र डिएपी १६५ बाेरा पाउने भएको छ ।

यस्तै बाह्रबिसे नगरपालिकामा ६ डिलरमार्फत मल बिक्री गर्ने भएको छ । प्रति सहकारी युरिया १५ र डिएपी पाँच बाेरा दिने भएको छ । यस्तै बाह्रबिसेले युरिया ९० र डीएपी ३० बाेरा पाउने भएका हुन ।

यता चाैतारा साँगाचाेकगढी नगरपालिकामा २९ डिलरमार्फत सहकारीमा युरिया आठ र डिएपी ५ बाेरा दिने भएको छ । यस्तै पालिकामा युरिया २३२ र डिएपी १४५ बाेरा पाउने भएको छ ।

जिल्लाकाे कुन पालिकाले कति मल पाउने छन, हेर्नुहाेस काेटा बिबरण :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!