
काठमाण्डाै । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ढाकाराम अर्याल, इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हाे ।
आर्थिक वर्ष २०७४ र ७५ मा बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
मोटरबाटो निर्माण गर्ने क्रममा अवैधानिक उपभोक्ता समिति गठन गरी भ्रष्टाचार गरेको आरोपमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, अस्सिस्टेन सव इन्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द्र यादव, बलेफी तेम्बाथान उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनीहरुले गाउँपालिकाबाट झुटो विवरणको आधारमा ३६ लाख ३९ हजार ८९९ सय रुपैयाँ लिएका थिए ।