बाह्रबिसे । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य बुद्धराज बस्नेत नेपाली कांग्रेस प्रवेश गरेका छन । नेपाली कांग्रेस बाह्रबिसे नगरसमिति द्वारा आज आयाेजित पार्टी प्रवेश कार्यक्रममा उनी माओवादी परित्याग गरि कांग्रेस प्रवेश गरेका हुन ।

उनी माओवादी केन्द्रबाट‌ बाह्रबिसे नगरपालिकाको प्रमुख पदको उम्मेदवार समेत थिए । उनी संगै दर्जनौं ब्यक्तिहरू आजै माओवादी केन्द्र परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकाे नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री मोहन बहादुर बस्नेतले बताए ।

नवप्रवेशीहरुलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री मोहन बहादुर बस्नेत र नेपाली कांग्रेस बागमती प्रदेश सह-महामन्त्री हरिशरण श्रेष्ठ, बाह्रबिसे नगरपालिका मेयर लगायतका नेताहरुले स्वागत स्वागत गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!