
मेलम्ची । मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमबाट सचेत गराउन मेलम्ची नगरपालिकामा जाेडिएका साइरन परिक्षण गरिने भएकाे छ ।
गत आ.व.मा मेलम्ची नगरपालिकाको तालामाराङ्ग, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको पूर्व सूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिने भएकाे हाे । मेलम्ची नगरपालिका द्वारा जारि गरिएकाे सुचनामा साे कुरा उल्लेख गरिएकाे छ ।
असार ५ गते आइतवार विहान ठिक १०:०० बजे देखि दिउँसो ठिक १:०० बजे भित्र उक्त परीक्षणको कार्य हुने नगरपालिकाले जनाएकाे छ । उक्त अवधिमा निस्कने ध्वनीबाट प्रभावित नहुन समेत नगरपालिकाले सुचना मार्फत सूचित गरेकाे छ ।