दुवाचाैर । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले असार ३ गतेको आगलागीबाट प्रभावित मेलम्ची ७ दुवाचौरका उद्वव सुवेदीलाई आर्थिक सहयोग गरेको छ ।

फरक क्षमता भएका सुवेदीको गत असार ३ गते बस्ने टहरामा आगलागि भएको थियो । आगलागि बाट अन्नपात, भाडा, पैसा, लत्ताकपडा लगायतका सम्पुर्ण सामान जलेर नष्ट भएको थियो ।

बौद्धिक अपांगता समेत रहेका सुवेदीलाई आज शुक्रबार मेलम्ची ७ का वडा अध्यक्ष पासाङ तामाङको रोहबरमा रु ५० हजार सहयोग हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष उत्सव खडका, बरिस्ठ उपाध्यक्ष बेदनाथ आचार्य , कोषाध्यक्ष नवराज पाण्डे र सदस्य बिकास भण्डारी लगायतले सहयोग हस्तान्तरण गरेकाे समन्वय कर्ता सुरज श्रेष्ठले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष तामाङले संस्थाको काम प्रती आभार ब्यक्त गरे । संस्थाले विगतमा पनि विभिन्न समस्यामा परेका हरुलाई सहयोग गर्दै आएको र आगामि दिनमा पनि निरन्तरता दिने बरिष्ठ उपाध्यक्ष बेदनाथ आचार्य जानकारी दिए ।

यसअघि रेडियो मेलम्चीको समन्वयमा संकलित २५ हजार रुपैयाँ हस्तान्तरण गरिसकिएको स्टेसन मेनेजर देवराज सुवेदिले जानकारी दिए । आगालागि पिडित उद्वव सुवेदीको पुर्नबासको लागि सहयोगि निकायहरुलाई आह्वान समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!