कार्यपालिका सदस्यहरु गाउँसभा बहिष्कार गरेका कारण बलेफीको गाउँपालिकाको ११औं गाउँसभा स्थगित भएको छ ।

उपाध्यक्षसहित नेपाली कांग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यहरुले गाउँ सभा बहिष्कार गरेका थिए । आफ्ना मागहरु पूरा नगरेको भन्दै गाउँसभा बहिष्कार गर्नुपरेको वडा नं. २ का वडा अध्यक्ष छविलाल न्यौपाले बताए । प्रत्येक वडामा १ करोड बजेट विनियोजन हुनुपर्ने, चार वडा भवन निर्माणका लागि १ करोड बजेट राखिनुपर्ने, पालिकालाई करमुक्त गर्नुपर्ने र कक्षा १२ सम्म निःशुल्क पठनपाठन हुनु पर्ने माग उनीहरुले राखेका थिए ।

बहुमत कार्यपालिका सदस्यले सभा बहिष्कार गरेपछि असार १२ गते पुनः गाउँसभा डाकिएको छ । गाउँसभा बैठकको स्थगनसँगै यसले सिङ्गो गाउँपालिकाको आगामी आर्थिक वर्षभरिको विकास निर्माण र सुशासनका नीति तथा कार्यक्रम अनि त्यसका लागि बजेट विनियोजनको काम पनि स्थगित हुन पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!