सुनकाेशी । सुनकाेशी गाउँपालिकाको दोस्रो गाउँसभाको पहिलो अधिवेशन सम्पन्न भएको छ । गाउँसभा बाट ५३ करोड ८ लाख ४० हजारको बजेट टेबुल भएकाे हाे ।

गाउँसभामा गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले बार्षिक नीति तथा कार्यक्रम, न्यायिक समितिको प्रतिबेदन एवम् साझेदारी ऐनको प्रस्ताव पेश गरेकाे प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिए ।

त्यस्तै उपाध्यक्ष कान्छि लामाले ५३ करोड ८ लाख ४० हजार रुपयाँको आय ब्यय सहितको आर्थिक ऐन, बिनियोजन ऐन तथा बजेट बक्तब्य पेश गरेकि थिइन ।

सामुदायीक बिद्यालयकाे सुद्रिणिकरण, कृषि उत्पादनमा जाेड, स्वास्थ्य बिमा, बृद्वबृद्वालाई नसर्ने राेगकाे निशुल्क औषधी उपलब्ध गराउने लगायतका कुराहरूलाइ सुनकाेशी गाउँपालिकाले प्राथमिकता दिएकाे दुलालले जानकारी दिए । अर्को दिन सभाको बैठक बस्नेगरि हिजाेकाे बैठक अन्त्य भएको घोषणा सभाध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!