
जुगल गाउँपालिकाले जनमूखी कार्यक्रम र महत्वकांक्षी याेजनासहित आर्थिक बर्ष ०७९/०८० काे लागि ६६ करोड ३२ लाख ३ हजार रुपैंया बजेट पारित गरेकाे छ ।
गाउँपालिकाका उपप्रमुख हिमाल कुमार श्रेष्ठले बिगतमा संयुक्त गठबन्धनकाे चुनावी प्रतिबद्धतालाई ध्यान दिई बजेट ल्याइएको बताए । उनले विगतको भएको राम्रो कामलाई निरन्तरता दिएको र थप नयाँ कार्यक्रम समेत समाबेश गरिएको बताए ।
जुगल गाउँपालिकाले ‘शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, लैङ्गगिक, जातीय समानता, पर्यटन,पूर्वाधार र समृद्ध जुगल निर्माणको आधार’को नारा अघि सारेको गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले बताए । स्वास्थ्य उपचार, दिर्घराेगिहरु रगत परिक्षण र निःशुुल्क औषधी उपलब्धता, उत्पादन र रोजगार हामो आधारभूत प्रतिबद्धताःसामाजिक न्याय सहितको समृद्ध जुगल निर्माण अभियानमा हामी सबैको सहभागिता भन्ने मूल एजेण्डा अघि सारेका छन् ।
समृद्ध जुगलको आधार शिक्षा, स्वास्थ्य कषि उत्पादन, रोजगार र पूर्वाधारलाई प्राथमिकतामा राखि जलस्रोत, पर्यटन र जडिबुटीलाई अघिल्लो सरकारले भन्दा सरकारले विशेष प्राथमिकतामा दिगो उत्पादनमा आधारित कार्यक्रमहरु अगाडि बढाउने भएको छ । प्रशासकीय सेवा प्रवाहमा संस्थागत बिकास र सुशासनमा पालिकाले जाेड दिएकाे छ ।
साना कृषि,उद्योग, रोजगारीमूलक व्यवसायलाई जाेड दिने, पूर्वाधारको विकासको माध्यमबाट जनतालाई आयमुलक तथा सीपमूलक कार्यमा प्रोत्साहित गरि आर्थिक सामाजिक, शैक्षिक विकास तथा गुणस्तरीय जीवन निर्वाहमा सघाउ पुर्याउने नीति योजना ल्याएको उपाध्यक्ष हिमाल कुमार श्रेष्ठले बताए ।
साेही गाउँ सभाले गाउँपालिकाकाे न्यायिक समितिमा तेञ्जी शेर्पा र राेशनी बर्देवा परियारलाई सर्वसहमतीले निर्वाचित गरेकाे छ ।