मेलम्ची । मेलम्ची नगरपालिकामा विपद् व्यवस्थापनकाे आवश्यक सामान तयारी हालतमा रहेकाे नगर प्रमुख आइतमान तामाङले बताएका छन । विपद् व्यवस्थापनकाे लागि नगरपालिकाले प्रत्येक वडामा रू ५० हजार बजेट पठाएकाे समेत तामाङले जानकारी दिए ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे व्यवस्थापन तथा जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चाेककाे संयाेजनमा २ दिने तिपद् व्यवस्थापन अभिमुखीकरण तालिममा धारणा राख्दै तामाङले अबकाे ३ महिना तयारी अवस्थामा रहि जनधनकाे रक्षा गर्न सबै एक भएर लाग्नुपर्ने बताए ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १६ गण हेडक्वाटर, सिन्धुपाल्चोकद्वारा स्थानीय तहहरुका लागि संचालित २ दिने विपद् व्यवस्थापन अभिमुखीकरण तालिम मेलम्चीमा सम्पन्न भएकाे छ । हिजाे (आइतवार) र आज (साेमवार) साे तालिम संचालन भएकाे थियाे ।

स्थानिय विपद् व्यवस्थापन समिति र नेपाल स्काउट बागमती प्रदेश तालिमकाे स्थानिय संयाेजक रहेका थिए । तालिममा जनप्रतिनिधि, महिला र स्वयंसेवक गरि २८ जनाकाे सहभागीता रहेकाे थियाे ।

विपद व्यवस्थापन र न्युनिकरणमा मेलम्ची नगरपालिका क्षेत्रमा याे तालिम प्रभावकारी रहेकाे प्रमुख तामाङले बताए । “नेपाल आर्मिले गरेकाे डेमाे र सशस्त्र प्रहरीले दिएकाे यस्ताे तालिम एकदमै प्रभावकारी छ”, तामाङले भने ।

तालिममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले विपद प्रतिकार्यमा सबै एक भएर लाग्नुपर्ने बताए । विपद आउनै नदिने र आईहाले सबै मिलेर प्रतिकार्य गर्नुपर्नेमा उहाँले जाेड दिए ।

दुईदिने तालिममा सहभागीलाई नगर प्रमुख आइतमान तामाङ, प्रमुख जिल्ला अधिकारी, नगर उपप्रमुख उमा प्रधान, सशस्त्र प्रहरी उपरिक्षक महेश अधिकारीले सहभागिलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!