मेलम्ची । नेपाली कांग्रेस पार्टीभित्र धेरै धमिराहरू रहेकाे सिन्धुपाल्चाेक जिल्ला सभापती जंग बहादुर लामाले बताएका छन । सिन्धुपाल्चाेकमा कांग्रेस भित्र भएकाे अन्तरघातका कारण केही पालिकाहरू गुमाउनुपरेकाे समेत उनले बताए ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई स्थानीय निर्वाचन २०७९ मार्फत निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै उनले कांग्रेसका अन्तरघाती धमिराहरू सयाैँ पटक हार्ने धारणा राखे । स्थानिय निर्वाचनमा पार्टीलाई असहयाेग गर्ने ब्यक्तिहरूलाई उनले धमिराकाे संज्ञा दिएका हुन ।

“नेपाली कांग्रेस भित्रका अन्तरघाती धमिराहरू सयाैँ पटक हार्छ, हारेका उम्मेद्वार फेरि जित्छ”, नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमिति सिन्धुपाल्चाेकले शनिवार मेलम्चीमा आयाेजना गरेकाे कार्यक्रममा उनले भने । “अन्तरघात छ भने ल्याउनुस प्रमाण सहित, प्रमाण छ भने अन्तरघाती धमिरालाई जिल्लाले कारबाहि गर्छ”, उनले भने “बिधानले के भन्छ त्यस अनुसार कारबाहि गरिन्छ” ।

गत स्थानिय तहकाे निर्वाचनमा केन्द्रले गठबन्धन गर्न भने पनि जिल्लाले साे निर्णय नमान्नुकाे कारण उनले खुलाएका छन । “केन्द्र र प्रदेश बाट प्रेसर आयाे तर हामीले केन्द्र अनुसार गठबन्धन गरेनाैँ, माओवादीले पनि हामी संग बराबर सिट माग्याे त्यसैले गठबन्धन सम्भव भएन”, लामाले भने ।

आफु जिल्ला सभापतीकाे लागि चुनावी मैदानमा रहँदा कांग्रेसलाई जिल्लाकै नं १ पार्टी बनाउने बाचा पूरा गरेकाे उनले बताए । “केही ठाउँमा कांग्रेसले कांग्रेसलाई हराएकै हाे” लामाले भने । कांग्रेस १ नं काे पार्टी बन्नुकाे श्रेय केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतलाई जाने उनले बताए ।

नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सुभकामना दिँदै लामाले जनतामाझ गएर जनताकाे माग अनुसार काम गर्न निर्देशन दिए । केन्द्रिय निर्वाचनमा पनि गठबन्धन नगर्ने बिचार रहेकाे उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!