
काठमाडौ । काठमाडौको बालुवाटारमा मकै बिक्री गर्ने क्रममा माहानगरले गाडा उठाएका दम्पतीका बालबच्चालाई कस्मोपोलिटन बोर्डिङ स्कुुल बालुवाटारले कक्षा १२ सम्म निशुल्क पढाउने भएको छ ।
नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको पहलमा मेलम्ची १० का चेतेन्द्र आचार्य र सिता आचार्यका २ बच्चाहरुलाई उक्त स्कुलमा कक्षा १२ सम्म निशुल्क पढाउने सहमती भएको नेपाली काँग्रेस सिन्धुपाल्चोक २ प्रदेश ख का सचिव निराजन चौलागाईले जानकारी दिए ।
नेता बस्नेत, नेपाली कांग्रेसका जिल्ला सभापती जंग बहादुर तामाङ, जिल्ला नेता समिर तामाङ, प्रदेश ख का सचिव निराजन चौलागाई लगायतको उपस्थितीमा उक्त बिद्यालयसँग सहमती भएको हो । यस अघि नेता बस्नेतले आचार्य दम्पतीलाई ५१ हजार रुपैयाँ नगद समेत प्रदान गरेका थिए ।